इङल्यानडले जित्यो पाकिस्तानविरुद्ध श्रृंखला


२०७९ असोज १७ सोमबार ०७:५६ बजे

काठमाडौं । घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी–२० श्रृंखला भ्रमणकारी टोली इङल्यान्डले ४–३ ले जितेको छ । आइतबार राति अन्तिम खेल इङल्यान्डले ६७ रनले जित्यो । २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १४२ रनमा समेटियो ।

पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाए । इङल्यान्डका क्रिस वोक्सले ३ विकेट लिए । यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए ।

इङल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाए । ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे । पाकिस्तानका मोहमद हस्नेनले १ विकेट लिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७