श्वेताको ‘कान्छी’ हेर्न प्रचण्डदेखि लालबाबुसम्म कुमारी हलमा (फोटोफिचर)


काठमाडौँ, १९ चैत्र । अभिनेत्री श्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ हेर्नसाँझ कुमारी हलमा पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’देखि सङ्घीय तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसम्म पुगेका छन् । फिल्म निर्माता तथा नायिका श्वेता खड्काको निमन्त्रणमा ‘कान्छी’को विशेष सो हेर्न नेताहरू कुमारी हल पुगेका हुन् । फिल्म हेर्न माओवादी केन्द्रका वरिष्ठ नेता नारायण काजी श्रेष्ठ, सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, नेतृ हिसिला यमी , प्रदेश न. ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, अनेरास्वियुका केन्द्रीय सचिव ओसिम आलम लागायतका नेताहरू पुगेका थिए । विशेष सोमा कान्छी युनिटले प्रचार सामाग्री डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मान गरे । सुन्दरलाई प्रसंशापत्र दिँदै प्रचण्डले कलाको क्षेत्रबाट राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा सुन्दरलाई बधाई दिए । https://www.youtube.com/watch?v=EuFEz9LDnTU&feature=youtu.be यस्तै उनले छोरा प्रकाशको सम्झिन्दैँ आफ्नो परिवार र नायिका श्वेता एउटै पीडाबाट गुज्रिरहेको अभिव्यक्ति दिए । ‘मैले धेरै साथीहरूसँग कान्छीको चर्चा गरे, तर कान्छीको कथा नबताउनुस् है भने, श्वेताजी र हाम्रो परिवार एउटै पीडाबाट हामी गुज्रेको छौँ । त्यही पिडाको अनुभूतिको समानता र जिम्मेवारी पनि बोध गरेँ, भावानात्मक अनुभूतिको तीव्रताका कारणले आजको कार्यक्रममा उपस्थित छु’ प्रचण्डले भने । ‘यो सफल प्रदर्शन भैईसकेको छ, कान्छीको सबै टिमलाई बधाई छ ।’ उनले श्वेताको प्रशंसा गर्दे भने, ‘श्वेता जी ले आफ्नो पिडालाई जुन शक्तिमा बदल्ने आँट गर्नुभाछ, मैले पनि आफ्नो परिवारको बिछोडको पिडालाई नजिकलाई गुमाउँदा खेरि राष्ट्र निर्माणमा लगाउने सङ्कल्प गरेको छु, म आफूजस्तै साथी श्वेतालाई ठानेको छु ।’ श्वेता श्री फाउन्डेसनले बनाउँदै गरेका माझी बस्तीको प्रशंसा गर्दे प्रचण्डले भने,‘ श्रीमान् सम्झनामा माझी बस्ती बनाउने र चलचित्रबाट सामाजिक सन्देश दिने साहस गर्नु भएको छ धन्यवाद दिन चाहान्छ ।’ चलचित्र निर्माता सङ्घका अध्यक्ष समेत रहेका फिल्का निर्र्देशक आकाश अधिकारीले कार्यक्रममा उपस्थित सरकार प्रतिनिधि समक्ष फिल्म क्षेत्रका समस्या सुनाएर समाधान गरिनदिने आग्रह समेत गरे ।
[caption id="attachment_41031" align="aligncenter" width="768"] ????????????????????????????????????[/caption]  

लेखक चिनारी

प्रविन कुलुङ राई
लेखकका अरु सामाग्री
प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७