बाजुरामा एमाले-कांग्रेस कार्यकर्ताबीच झडप, नौं राउण्ड हवाइ फायर


२०७९ बैशाख ३१ शनिबार १७:४५ बजे

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको मतगणना स्थलमा नेकपा (एमाले) र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले नौं राउण्ड हवाइ फायर गरेको छ ।

मतदानस्थलबाट मत पेटिका गणनास्थलमा ल्याउने क्रममा शिल भाँचिएको विषयमा विवाद हुँदा झडप भएको हो । मतपेटिका सुरक्षित गर्न र शान्तिपूर्ण वातावरण बनाउन प्रहरीले नौं राउण्ड हवाइ फायर गरेको जनाएको छ ।

‘अहिले पनि प्रहरीमाथि ढुङ्गामुढा भइरहेको छ, मत पेटिकाहरुको सुरक्षा गरिरहेका छौं,’ बाजुराका प्रहरी प्रमुख डीएसपी चतुर्भुज ओझाले भने । त्यहाँ अहिले पनि तनावपूर्ण अवस्था छ । विवादले उग्ररूप लिएपछि प्रहरीले नौं राउण्ड हवाइ फायर गरेको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७