मतदान अधिकृत कुटिएपछि सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित


२०७९ बैशाख ३० शुक्रबार ०४:३७ बजे

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ मा मतदान स्थगित भएको छ । मतदान अधिकृतमाथि हातपात र पतपेटिका तोडफोड भएपछि मतदान स्थगित भएको हो ।

नगरपालिका निर्वाचन अधिकृत शम्भुनाथ मगरले मतदान अधिकृतमाथि हातपात भएको जानकारी दिए । ‘वडा नं २ मा मतदान स्थगित भएको छ । सर्वदलीय बैठकपछि आइतबार गर्ने सहमति भएको छ,’ नगरपालिकाका निर्वाचन अधिकृत मगरले भने, ‘सर्वदलीय बैठकको सहमतिपछि पनि निर्वाचन आयोगले तोकेको मितिमा निर्वाचन हुन्छ ।’ स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ ।

डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो । निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।

उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ । २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७