मतदानपछि ओलीको दाबी : गठबन्धनले भन्दा धेरै एमाले एक्लैले जित्छ


२०७९ बैशाख ३० शुक्रबार १२:०६ बजे


भक्तपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनले भन्दा धेरै स्थान एमाले एक्लैले जित्ने दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरको बालकोटमा मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले परिणाम एमालेको पक्षमा आउने दाबी गरे । नेपाली कांग्रेसले समेत एक्लै लड्न नसकेर गठबन्धन गरेको भन्दै उनले अघि भने, ‘पाँच दलभन्दा धेरै बढी एमाले एक्लैले ल्याउँछ ।’

ओलीले, ९ वैशाखसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव सार्न प्रयास गरेको आरोप पनि लगाएका छन् । तर आफूले अस्वीकार गरेको भन्दै उनले भने, ‘उहाँले ९ गते मलाई स्थगित गरेर पर सारौं भनेर प्रस्ताव गर्नु भएको थियो । अनि धाक लगाउने कुरै भएन ।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नगर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव आफूले पटक पटक अस्वीकार गरेको बताएका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति माविमा शुक्रबार मतदान गरेपछि पूर्व प्रधानमन्त्री ओलीले वैशाख ९ गतेसम्मसमेत प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन सार्न विभिन्न व्यक्तिमार्फत् आफूलाई प्रस्ताव पठाएको बताए ।
उनले भने, ‘प्रधानमन्त्री देउवाले निर्वाचन सारौं भन्ने गरेको प्रस्ताव आफूले अस्वीकार गरेकाले आज स्थानीय तहको निर्वाचन संभव भएको हो । म निर्वाचन सार्ने पक्षमा थिइनँ । गठबन्धनले निर्वाचन सार्न अनेकौं बाहना गरेको थियो ।’

ओलीले एमालेका कारणले मात्र चुनाव संभव भएको बताए। उनले अब मुलुक दुई दलीय प्रणालीतर्फ उन्मुख भएको बताए । ‘कांग्रेस एक्लै वडामा समेत चुनाव लड्ने हिम्मत गर्दैन । कांग्रेस गठबन्धन नै चाहन्छ,’उनले भने,’ एकतिर एमाले अर्कोतिर गठबन्धन ।’ गठबन्धनको अर्को चैत्रमा मात्र स्थानीय तहको निर्वाचन गर्ने नियत भएको उनको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७