कांग्रेसकी काठमाडौँ महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहले हालिन् मत

काठमाडौँ । नेपाली कांग्रेसकी काठमाडौं महागरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् ।
मेयर उम्मेदवार सिंहले युवक मावि पकनाजोल केन्द्र पुगेर मतदान गरेकी हुन् ।
सिंहले बिहान ८ बजे काठमाडौं महानगर- १६ स्थित युवक मावि पकनाजोलमा मतदान गरेकी हुन् । सिंह सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार बनेकी हुन् भने उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।