कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकार प्रयोग गर्नू : निर्वाचन आयोग


२०७९ बैशाख २९ बिहीबार १५:०१ बजे

काठमाडौं । निर्वाचन आयोग नेपालले कसैको लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेको छ ।

बिहीबार बसेको आयोगको आकस्मिक पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले लोभ, लालच र प्रलोभनमा नपरी मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रह गरेका हुन् । उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारी पनि पूरा भइसकेको जानकारी दिए ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनका लागि शान्ति सुरक्षाको सबै प्रवन्ध मिलाइ सकिएको र मतपेटिकाको सुरक्षा र सकिएपछि सबै मतपेटिका लैजाने काममा पनि सुरक्षित तवरबाट गरिने व्यवस्था मिलाएको बताए । प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभनमा नपरी, सही तरिकालकाट निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सफल बनाइ दिन सम्पूणर् मतदाताहरुलाई आग्रह गरे ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७