निर्धक्क मतदान गरी मताधिकार प्रयोग गर्न प्रधानमन्त्री देउवाको आग्रह
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न सम्पूणर् देशवासीलाई हार्दिक अपिल गरेका छन् ।
धनगढी उपमहानगरपालिका-४ स्थित आफ्नो निजी निवासबाट आज एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूणर् व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको बताए ।
‘बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन म सबैमा आग्रह गर्दछु’, प्रधानमन्त्री देउवाले अपिलमा भनेका छन् ।