भारतका प्रधानमन्त्री मोदी र जर्मन चान्सलरबीच भेटवार्ता


०१:४३ बजे

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर अलाफ स्कोल्जबीच भेटवार्ता भएको छ । तीन दिने युरोप भ्रमणका क्रममा हिजो (सोमवार) जर्मनी पुगेका मोदीले भ्रमणको पहिलो दिन नै बर्लिनमा चान्सलर स्कोल्जलाई भेटेका हुन् ।

भेटमा भारत र जर्मनीबीच आपसी सहकार्यका बारेमा कुराकानी भएको छ । साथै रुसले युक्रेनमा गरेको आक्रमण, दुई देशले खेल्न सक्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल भएको समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री मोदीले युरोपेली देश डेनमार्क र फ्रान्सको पनि भ्रमण गर्ने तालिका रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७