युक्रेनसँगको युद्धमा १० लाख मानिसको उद्धार गरेको रुसको दाबी
काठमाडौं । रुसले युक्रेनसँगको युद्धका क्रममा १० लाखभन्दा धेरै मानिसको उद्धार गरेको दाबी गरेको छ । रुसका विदेशमन्त्री सर्गेई लाभ्रोभले गएको फेब्रुअरी २४ यता युक्रेनबाट १० लाख मानिसलाई उद्धार गरिएको दाबी गरे ।
रुसले युक्रेनी नागरिकलाई इच्छाविपरीत सीमापारी लगिरहेको युक्रेनको आरोप छ । चिनियाँ सरकारी सञ्चार माध्यमसँगको अन्तर्वार्तामा विदेशमन्त्री लाभ्रोभले उद्धार गरिएकामध्ये एक लाख २० हजार विदेशी नागरिक रहेको बताए ।
उनले युक्रेनसँगको द्वन्द्वको समाधान वार्तामार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाए । तर युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि अझै पनि तयार रहेको प्रतिक्रिया दिएका छन् ।