किन रुसले युक्रेनका रेलवेमा आक्रमण गरेको छैन ?


२०७९ बैशाख १७ शनिबार १२:२० बजे

किभ । बिहीबार बिहान सुमिका लागि युक्रेनको राजधानी किभबाट यात्रुवाहक ट्रेन छुट्यो । तर, निर्धारित समय भन्दा छ मिनेट ढिलो ।

२४ फ्रेब्रुअरीमा रुसी आक्रमण सुरु भएयता स्थल र हवाई आक्रमणका कारण थुप्रै प्रभावित तथा क्षतिग्रस्त भू-भाग यो ट्रेनको २०० माइल लामो मार्गले तय गर्छ । यो रेलमार्गसहित अन्य दर्जनौ रेलवे सञ्जालले युक्रेनी फौजलाई र शहर छाडेर भाग्ने सर्वसाधारणलाई उल्लेखनीय सहयोग गरेका छन् । यद्यपि यसै साता रुसी फौजले युक्रेनको महत्वपूणर् रेल सञ्जाल ध्वस्त पार्न ठूलो कसरत गरेको देखिन्छ ।

रेलले युक्रेनको साहसको प्रतीकको भूमिका पनि निभाइरहेको छ । यसले रुसी सेनाको शक्तिलाई सीमित बनाइ दिएको छ । रुसी हमलामा ठूला-ठूला शहरहरू भग्नावशेषमा परिणत भए । हजारौं नागरिक मारिए । तर रेलहरू अझै निरन्तर कुदिरहेका छन् । युक्रेनको रेल नेटवर्क विश्वकै ठूलामध्ये एक मानिन्छ । त्यहाँ १२ हजार ४०० माइल लामो ट्रयाक छ । साथै यो सबैभन्दा ठूलो रोजगार प्रदायक पनि हो । यसमा २ लाख ६० हजार भन्दा बढी कर्मचारी काम गर्छन् ।

युद्ध शुरु हुनुअघिसम्म रेलवे सेवाको युक्रेनका कृषि र खानी उद्योगहरूमा सामान्य भूमिका थियो । तर, रुसले ब्ल्याक सीमा अवरोध सिर्जना गरेपछि यो उपभोग्य वस्तुका उद्योगहरूका लागि वैशाखी सावित भएको छ । युरोपको ‘रोटीको टोकरी’ जस्तो गरिमामय उपमा बोकेको युक्रेनले आफ्नो प्रतिष्ठा कायम राख्न गहुँको ओसार प्रसारलाई कायमै राख्नु अपरिहार्य छ ।

तर, अहिले ट्रेनहरू गहुँ बोक्नेमा सीमित रहेनन् । अहिले तिनीहरूमार्फत सैन्य हातहतियार, शरणार्थी र मानवीय राहत सामग्रीहरूको व्यापक ओसार प्रसार भइरहेका छन् । साथै ट्रेनले कुनै समय रुसी फौजको कब्जामा रहेका स्थानमा स्थानीय वासिन्दालाई फर्कन पनि मद्दत गरिरहेको छ । यति मात्र होइन विदेशी नेताहरू बोक्ने अभिभारा पनि यसैको छ । आइतबार अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कन पोल्यान्डबाट ट्रेनमार्फत नै किभ पुगेका थिए । अन्य थुप्रै पश्चिमी अधिकारीहरू पनि ट्रेन चढेर युक्रेन पुग्ने गरेका छन् ।

युद्धका शुरुका दिनहरूमा रुसी फौज बन्दोबस्ती सामग्रीको समस्या तथा रुसी ट्रकहरू हिउँदे हिलोमा फस्ने गरेकाले युक्रेनी ट्रेनलाई पूणर् रूपमा प्रयोग गर्न असफल रहेको थियो । ‘अहिलेसम्म रेलवे भौतिक पूर्वाधारलाई आफैले नियन्त्रण गर्ने सोचका कारण रुसी फौजले त्यसमाथि लक्षित आक्रमण रोक्दै आएको हो’, युक्रेनी रेलवेको यात्रु ट्रेन व्यवसाका प्रमुख कार्यकारिणी अधिकारी अलेक्सान्दर पेत्र्सोभ्स्की बताउँछन् । एनबीसी न्युजबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७