विमानको शौचालयमा लुकाएर दुई किलो बढी सुन तस्करी प्रयास, कर्मचारीसहित पाँच जना पक्राउ


२०७९ बैशाख १६ शुक्रबार ०३:३१ बजे

काठमाडौं । नेपाल प्रहरीले दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । बिहीबार विमानस्थलबाट भिमकुमार माबो र सुमन तामाङले बोकेको मनि पर्सभित्र टेपले बेरिएको १,१६६ ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार माबो र तामाङसहित उदयपुर लिम्चुङबुङ गाउँपालिका- २ का २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका-२ का ट्याक्सी चालक ४१ वर्षीय हेम बहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाई प्रा.लि.मार्फत विमानभित्र सरसफाई गर्ने भनी सुपरभाइजरको रुपमा ड्यूटी खटिएका सप्तरी सुरुङ्गा नगरपालिका- ४ का ३६ वर्षीय ताराकान्त चौधरी समेतलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७