कस्तो रहदा आजको मौसम ?


२०७८ फाल्गुण ७ शनिबार २०:१३ बजे

काठमाडौं । अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला (शनिबार बिहान) पहाडी भेगमा आंशिक बदली रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको र देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७