साझा धारणा बनाउन प्रचण्ड, माधव र जसपाका नेता श्रेष्ठ छलफलमा

काठमाडौं । सत्ता गठबन्धनको बैठकअघि सत्ता साझेदार तीन दलको बैठक सिंहदरवारमा भइरहेको छ । माओवादी संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष राजेन्द्र श्रेष्ठ सहभागी छन् । जसपा अध्यक्ष उपेन्द्र यादव सिरहामा रहेकाले बैठकमा श्रेष्ठ सहभागी भएको बताइको छ ।
अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन तीन दलका नेताहरुबीच छलफल भइरहेको बताइएको छ । एमसीसीको विषयमा अन्तिम निणर्य गर्न सत्ता गठबन्धनको बैठक आज ५ बजे बस्दै छ । सो बैठकमा एमसीसी अनुमोदन गर्न अमेरिकासँग थप समयसीमा माग्ने माओवादीले प्रस्ताव गर्ने बताइएको छ ।