युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, ‘हिटर व्याटर’ लोकेशको डेब्यु

काठमाडौं । चार देशीय टी-२० श्रृंखलाको दोस्रो खेल शुरु भएको छ । दोस्रो खेलमा नेपालले टस जितेर अहिले बलिङ गरिरहेको छ । यूएईविरुद्धको यो खेलमा हिटर ब्याटर लोकेश बमले डेब्यु गरेका छन् ।
पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । आज यूएईविरुद्धको खेलमा नेपालले तीन जना खेलाडी परिवर्तन गरेको छ । अविनाश बोहरा, प्रदीप ऐरी र सागर ढकालको स्थानमा आज जितेन्द्र मुखिया, लोकेश बम र शाहब आलम पहिलो रोजाइमा परेका छन् ।
नेपालले दुई वर्षपछि यूएईसँग टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । सन् २०१९ मा नेपालले यूएई भ्रमण गर्दा तीन टी-२० आई र तीन ओडीआई सिरिज खेलेको थियो । दुवै सिरिज नेपालले २-१ ले जितेको थियो । पहिलो खेल हारेर पनि नेपालले लगातार दुई खेल जित्दै सिरिज जितेको थियो ।
त्यसपछि नेपाल र यूएई टी-२० मा पहिलो पटक खेल्दै छन् । २०१९ मा भएको सिरिजको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो भने नेपालले दोस्रो खेल ४ विकेट र तेस्रो खेल १४ रनले जितेको थियो ।