राष्ट्रियसभा निर्वाचन : प्रदेश-२ मा दुई सिटका लागि ६ जनाको उम्मेदवारी दर्ता


१६:०३ बजे
धनुषा । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश-२ मा दुई सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाममा पुगेर सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रुपा यादव र श्यामसुन्दर सरदारले पनि उम्मेदवारी दर्ता गराएका छन् । लोसपा नेपालबाट यादवलाई प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले प्रस्ताव र परमेश्वर साहले समर्थन गरेका छन् भने सरदारलाई अभिराम शर्माले प्रस्ताव र गौरीनारायण शाहले समर्थन गरेका छन् । त्यस्तै माओवादी केन्द्रबाट उम्मेदार बनेकी अर्यालको प्रस्तावक नगिना यादव र समर्थक सीता साह रहेका छन् । त्यसैगरी जसपा नेपालबाट अन्य समूह कोटामा मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै नेकपा एमालेको तर्फबाट महिला कोटामा बिनादेवी साह र अन्य समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । साहको प्रस्तावक अनिलकुमार यादव र समर्थक गणेश राउत रहेका छन् भने अन्सारीको प्रस्तावक तारादेवी लामा र समर्थक रामपृत महतो रहेका छन् । एमालेले सुरुमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका असर्फी भिनवार यादवलाई उम्मेदवार बनाउने निधो गरे पनि अन्तिमसमयमा अन्सारीलाई उम्मेदवारी दर्ता गर्न लगाएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७