घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड पराजित
काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भरहाम्टन वान्डरससँग १-० गोल अन्तरले पराजित भएको छ ।
खेलको ८२ औं मिनेटमा वुल्भरहाम्टन वान्डरसका जोआओ माउटिन्होले निर्णायक गोल गरेका थिए । वुल्भरहाम्टनले म्यानचेस्टर युनाइटेडलाई सन् १९८० पछि पहिलो पटक उसकै मैदानमा हराएको हो ।
यससँगै म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षक राल्फ रंगानिकको अपराजित यात्रा पनि रोकिएको छ । योसँगै म्यानचेस्टर युनाइटेडले लिगमा १९ खेलबाट ३१ अंक बनाएको छ भने वुल्भ्सले समान खेलबाट २८ अंक जोडेको छ । लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ ।