रुसको दाबी : काबुलबाट भाग्दा गनीले चार वटा कार र हेलिकप्टरमा पैसा भरेर लगे


२०७८ भदौ १ मंगलबार १६:१७ बजे

काठमाडौं, १ भदौं । काबुलस्थित रुसको राजदूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीबारे सनसनीपूर्ण दाबी गरेको छ ।
सोमबार रुसको आरआईए न्युज एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै भनेको छ – गनी देश छाडेर भाग्दै गर्दा आफ्नो साथ चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे । पैसा यति धेरै थियो कि हेलिकप्टरमा नअटेपछि विमानस्थलमा नै छाडियो ।

यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी थियो । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ ।
अशरफ गनी र उपराष्ट्रपति सालेहले आइतबार काबुल छाडेर भागेका थिए । उनीहरूसँग आफ्ना निकटस्थहरू पनि थिए । अहिलेसम्म उनीहरू भागेर कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।

काबुलमा रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले भनिन्, ‘गनीले काबुल छाड्दा चार वटा कार र एउटा हेलिकप्टरमा पैसा राखेका थिए । त्यो पैसा यति धेरै थियो कि त्यसमा पनि अटाउन सकेन । त्यही भएर केही रकम काबुल विमानस्थलमा नै छाडियो ।’ पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहो¥याइन् ।

आइतबार राति फेसबुक पोस्टमा गनीले आफू काबुलमा नै बसेको भए थप रक्तपात हुने बताएका थिए । यही कारणले आफूले देश छाड्ने कठिन फैसला लिएको बताएका थिए । रुसले सोमबार एक वक्तव्य जारी गर्दै काबुलस्थित आफ्नो दूतावास बन्द नगर्ने बताएको छ । उसले भनेको छ – हामी तालिबानसँग सम्बन्ध बनाउने प्रयास गर्नेछौं । उनीहरूलाई मान्यता दिन हतार गर्दैनौँ । हामी तालिबानको व्यवहार र काममा नजर राख्ने छौं । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७