पूर्व माओवादी नेताहरु निर्वाचन आयोेगमा


१४:१७ बजे

काठमाडौं, २५ असार । पूर्व माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिइएको निवेदनबारे बुझ्न आयोग पुगेका हुन् ।

अहिले नेताहरु टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा आयोग पुगेका छन् । बुधबार पूर्व माओवादीका नेताहरुले माओवादी खारेज गर्न माग गरेका थिए । ‘अस्ती वकिल र दोस्रो तहका नेताहरु जानु भयो । आज हामी पहिलो तहका नेताहरु गएर आफ्नो कुरा राख्छौं’, एक नेताले भने । नेकपा खारेज भएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिदा नेकपा एमालेमा रहेका जनप्रतिनिधि कारबाहीमा परेका थिए ।

प्रतिनिधिसभाबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी र राष्ट्रिय सभामा रामबहादुर थापा बादल, चन्द्रबहादुर खड्कालगायत कारबाहीमा परेका थिए । माओवादीबाट कारवाही परेसँगै उनीहरुको सांसद पद खारेज भएको थियो । उनीहरुले आफूमाथि गरिएको कारवाही अवैधानिक रहेको मात्र नभई माओवादी केन्द्र नै अवैधानिक रहेको दावी अधिवक्ता सरोज बुढाथोकीका नामबाट दर्ता भएको निवेदनमार्फत गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७