प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा असार २८ गते फैसला आउने


१७:३० बजे

काठमाडौं, २१ असार । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार बहस सकिएको छ । असार २८ गते फैसला आउने भएको छ ।

दुवै पक्षको बहस सकिएपछि सोमबार एमिकस क्युरीले सुझाव दिएका थिए । उनीहरुको सुझावपछि संवैधानिक इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले असार २८ गते फैसला सुनाउने जानकारी गराएका थिए ।

उक्त मुद्दाको सुनुवाइ सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २८ गतेसम्मलाई मुद्दा हेर्दाहेर्दैमा राखिएको जानकारी गराएका हुन् । जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

विघटनको विरुद्ध विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदले सर्वोच्चमा विघटन असंवैधानिक रहेको भन्दै मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतमा असार ९ गतेबाट निरन्तर रुपमा विघटनको विषयमा सुनुवाइ हुँदै आएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७