ठेकेदारले लिन्छन् मासिक २५ हजार, महानगरपालिकाले पाउँछ ४ सय मात्र


२०७४ फाल्गुण १६ बुधबार १८:२० बजे
काठमाडौं, १५ फागुन । आकाशेपुलको अवधारणा नआउँदै पैदलयात्रुले सहज बाटो काट्न सकून भनेर निर्माण गरिएको भोटाहिटी सब वेको ब्यवस्थापन गर्नेभन्दा पनि काठमाडौं महानगरपालिकाका केही रैथाने हाकिम ज्ञानेन्द्रबहादुर कार्कीहरुले त्यसलाई दुहुनो गाई बनाउँदैआएका छन् । भोटाहिटी सब वे (अन्डरग्राउन्ड) का भित्तामा समेत ठेकेदारलाई पसल राखी भाडा असुली गर्न दिएर बाटो काट्ने यात्रुहरुलाई सास्ती हुँदैआएको छ । सटरमा मात्र पसल नराखी बाटो नै ढाकेर पसल राख्न ठेकेदारलाई महानगरले छुट दिएको छ । [caption id="attachment_31822" align="aligncenter" width="600"] महानगर प्रमुख विद्यासुन्दर शाक्य र प्रशासन प्रमुख ज्ञानेन्द्र कार्की ।[/caption] महानगरको आम्दानीमा ठेकेदारको ब्रह्मलुट भोटाहिटी चोकका पसल कबलको मासिक भाडा कति होला ? न्यूनतम ५० हजार रुपैयाँ भाडा भोटाहिटी चोकमा पसल संचालन गर्नेले तिर्नुपर्छ । तर पैदलयात्रीका लागि बाटो काट्न सहजताका लागि बनाइएको भोटाहिटी सब वे(अन्डरग्राउन्ड)का पसलको भाडा चोकका सटर जति नहुन सक्छ, तर ५० प्रतिशत नै कम मूल्यमा भाडामा दिंदा पनि मासिक २५ हजार रुपैयाँ भाडा सब वे का ब्यापारीले तिर्ने गरेका छन् । तर काठमाडौं महानगरपालिकाले भने मासिक ४ सय रुपैयाँ मात्र भाडा भोटाहिटी सब वेका पसलहरुबाट पाउने गरेको छ । ठेकेदार राजु श्रेष्ठले पैदल यात्रुलाई हिड्नै असहज हुनेगरी बाटोको भित्तामा समेत पसल राख्न दिएर मासिक प्रतिब्यापारी ५० हजार रुपैयाँसम्म असुल्दैआएका छन् । तर महानगरपालिकालाई भने उनले बार्षिक १ लाख ४४ हजार रुपैयाँ मात्र बुझाउने गरेका छन् । सम्झौताअनुसार १० देखि १५ बर्षसम्म बृद्धि हुने ८ प्रतिशत भाडा जोड्दा पनि प्रतिपसल ४ सयका दरले राजु श्रेष्ठले महानगरपालिकालाई भाडाबापत बुझाउने गरेका छन् । भोटाहिटी सब वेमा सटर र भित्तामा राख्नेसमेत २८ जना ब्यापारी छन् । सब वेको पारीपट्टि सम्झौता भन्दा बाहिर गएर राजु श्रेष्ठले ३ वटा सटर बनाएका छन् भने वारीपट्टि २ वटा छन् । जम्मा ३३ वटा सटर र ब्यापारीबाट ठेकेदार राजु श्रेष्ठले मासिक २५ हजारका दरले ८ लाख २५ हजार हुन आउँछ । बार्षिक ९९ लाख हुन आउँछ । ठेकेदार राजु श्रेष्ठले बार्षिक १ लाख ४४ हजार रुपैयाँ महानगरपालिकालाई बुझाएर सब वेबाट ९७ लाख ५६ हजार रुपैयाँ कमाइ गर्दैआएका छन् । सब वेको रेखदेख र ब्यवस्थापन गर्ने महानगरपालिकाले नै यस्तो ब्रह्मलुट गर्न छुट दिइरहेको छ । २५ बर्षका लागि ठेक्का महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मासिक करोडौं आम्दानी हुने भोटाहिटी सब वेको १५ बर्षअघिको सम्झौता तोडेर नयाँ ढंगले टेण्डर गर्नुपर्नेमा सिंत्तैमा ठेकेदार पोसिरहेका छन् । भोटाहिटी सब वे यसको ताजा दृष्टान्त हो । ५ बर्षका लागि निर्वाचित भएको केशव स्थापित नेतृत्वको महानगरपालिकाका तत्कालीन ३० नम्बर वडाध्यक्ष चिनियाँमान बज्रांचार्यले कार्यकाल सकिने बेलामा २०५९ असार ३१ मा भोटाहिटी सब वे त्यतिबेलाकै मूल्यमा पनि अति सस्तोमा राजु श्रेष्ठलाई भाडामा दिने सम्भौता गरेका थिए । भोटाहिटीका ब्यापारीहरुसँग भाडाका बारेमा बुझ्न खोज्दा प्रायः कोही पनि बोल्न चाहेनन् । नाम र कुन किसिमको पसल हो भन्ने उल्लेख नगर्ने सर्तमा एक ब्यापारीले भने–मासिक ३० हजार दिने गरेको छु । तर नाम उल्लेख नगरिदिनुहोला भन्दै उनले अनुनय विनय गरे । वास्तविक भाडा भन्दा ठेकेदारले पसल चलाउन दिंदैनन् भन्ने त्रास उनमा स्पष्ट देखिन्थ्यो । टेण्डरको त्रास देखाउँदै कार्कीको असुली विनाटेण्डर करार ऐन २०५६ को हवाला दिंदै बार्षिक १ लाख ४४ हजार रुपैयाँमा ठेक्का दिइएको भोटाहिटी सब वेका पसलहरुको ठेक्कामा २ बर्षदेखि ५ बर्षसम्म सुरु बहाल रकममा ५ प्रतिशतका दरले र ६ देखि १० बर्षसम्म ६ प्रतिशतका दरले बृद्धि हुने उल्लेख छ । ११ देखि १५ बर्षसम्म ८ प्रतिशतका दरले र १६ देखि २० बर्षसम्म १० प्रतिशतका दरले र २० देखि २५ बर्षसम्म १५ प्रतिशतका दरले बृद्धि हुुने उृल्लेख छ । अहिले १५ बर्षमा चलिरहेको छ । १५ बर्षसम्म ८ प्रतिशतका दरले बृद्धि हुँदा बार्षिक १ लाख ४४ हजार रुपैयाँको मासिक ३९६ हुन आउँछ । महानगरपालिकाले अहिले ठेकेदार राजु श्रेष्ठबाट प्रतिपसल ३१६ रुपैयाँ पाउँदैआएको छ । ब्यापारीले न्यूनतम मासिक २५ हजार रुपैयाँ लिने तर महानगरपालिकाले ३१६ रुपैयाँ पाउने ? महानगरपालिकाको स्रोतको यो भन्दा बढी दुरुपयोग के हुन सक्छ ? महानगरपालिकाले यो ठेक्का तोडेर टेण्डर गर्ने हो भने कम्तीमा मासिक ५ लाख रुपैयाँ आम्दानी हुन्छ । बार्षिक ६० लाख हुन आउँछ । तर महानगरप्रमुख विद्यासुन्दर शाक्यले यसरी महानगरको आम्दानी बढाउनका लागि टेण्डर गरी सब वेका सटर भाडामा लगाउनुको साटो महानगरबासीको थाप्लोमा १२ प्रतिशत बहाल करको बोझ थोपरेका छन् । भोटाहिटी सब वेका सटर टेण्डर गर्ने भनेर पछिल्ला दिनमा विवादास्पद प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले ठेकेदार राजु श्रेष्ठबाट लाखौं रुपैयाँ घुस असुलीसकेका छन् । उनले ६÷६ महिनामा भोटाहिटी सब वेका ठेकेदार श्रेष्ठलाई टेण्डर गर्ने भन्दै तर्साएर ३ लाख रुपैयाँ घुस असुली गर्दैआएको स्रोतले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७