महामारीमा केएमसीमा ‘लुट’, कोरोना संक्रमित एक दिन राखेको शुल्क ३० हजार


२०:२५ बजे

काठमाडौं, २१ बैशाख । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले कोभिड–१९ संक्रमितलाई उपचार गर्न चर्को शुल्क तोकेको छ । काठमाडौं मेडिकल कलेजले सार्वजनिक सूचना नै जारी गरेर कोभिड–१९ संक्रमित राखेको एक दिनको मुल्य तीस हजारसम्म तोकेको हो ।

नेपाली कांग्रेसका नेतासमेत रहेका सुनील शर्मासहितका व्यावसायी सञ्चालक रहेको काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० देखि ३० हजारसम्म शुल्क निर्धारण गरेको छ । अस्पतालद्धारा जारी सूचनाका अनुसार दुईवटा बेड भएको क्याबिनमा राख्दा प्रतिव्यक्ति हरेक दिन १० हजार रुपैयाँ शुल्क लाग्नेछ । सिंगल बेड भएको क्याबिनमा राख्दा प्रतिदिन २० हजार रुपैयाँ शुल्क लाग्नेछ ।

डिलक्सका रुपमा तयार पारिएको कोभिड क्याबिनमा बसेर उपचार गर्नेका लागि प्रतिदिन २५ हजार रुपैयाँ शुल्क तोकिएको छ । सुपर डिलक्स रुमको प्रतिदिन शुल्क ३० हजार रुपैयाँ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७