चार प्रदेश सभा सदस्यलाई माओवादीको कारवाही


२०७७ चैत ३० सोमबार १७:३५ बजे

महोत्तरी, ३० चैत । नेकपा माओवादी केन्द्रले प्रदेश–२ का चार जना प्रदेशसभा सदस्यलाई बर्खास्त गरेको छ ।पार्टीले सोधिएको २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नदिएको कारण प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, मोहम्मद समीर र ज्वाला साहलाई बर्खास्त गरिएको हो ।

प्रदेशसभा सदस्यहरुलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेपछि चार जनाकै सांसद पद समेत गुमेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जानकारी दिए । चारै जना सांसदलाई बर्खास्त गरेको पत्र नेकपा माओवादी केन्द्रले प्रदेश सभालाई समेत बुझाएकाले सम्भवतः आज बस्ने प्रदेशसभा बैठकले यसबारे जानकारी गराउने नेता साहले जानकारी दिए ।

गएको शुक्रवार काठमाण्डौमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले माओवादी छोडेर एमालेमा गएको भन्दै रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरसँग २४ घण्टाभित्र स्पष्टीकरण सोधेको थियो ।

प्रदेश–२ मा नेकपा माओवादी केन्द्रका ११ जना सांसद रहेकामा चार जना बर्खास्तीमा परेपछि अब ७ जना सांसदमात्रै रहने भएका छन् । यसैबीच, ६ महिनापछि आज प्रदेश–२ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।
सत्तारुढ दल र प्रतिपक्षी दलको विवादका कारण लामो समयसम्म बैठक आह्वान हुन सकेको थिएन । ६ महिनाभित्र अधिवेशन बोलाउनै पर्ने कानुनी बाध्यता रहेकाले आजका लागि बैठक बोलाइएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७