कोरोनाको दोस्रो लहर सामना गरिरहेको भारतमा एकै दिन डेढ लाख संक्रमित


२०७७ चैत २८ शनिबार २३:२१ बजे

नयाँदिल्ली, २८ चैत । भारतमा दिनहुँ कोरोना भाइरस संक्रमणले ‘भयावह’ रुप लिंदै गएको छ । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा एकै दिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ भने ७९४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ । उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८५९ जना संक्रमणमुक्त भएका छन् ।

हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् । पछिल्ला केही दिनमा कोरोना संक्रमणबाट भारतमा हालसम्म १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७