यसकारण पुषमा नै गर्मी !


२०७७ पौष २८ मंगलबार ०२:१३ बजे

काठमाडौं, २८ पुस । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ ।

जल तथा मौसम विज्ञान विभागका पूर्व महानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको छ ।

‘त्यसको असर तल्लो र माथिल्लो वायुमण्डलमा अधिक परेकै कारण यस वर्षको हिउँदमा न्यानो महसुस गरिएको हो’, उनले भने । उनले भने जस्तै अघिल्ला वर्षका पुस महिनामा चिसो सिरेटोले हान्थ्यो तर अहिले माघ लाग्ने बेला हुँदा समेत रातको समयमा बाहेक अधिकांश क्षेत्रमा न्यानो महसुस गरिएको छ । काठमाडौं लगायतका जिल्लामा घाम लागेर दिउँसो गर्मी हुन थालेको छ । हिमपात र वर्षा निकै कम भइरहेको छ ।

विगत साढे तीन महिनादेखि नेपालमा राम्ररी पानी परेको छैन । मौसमी चक्रअनुसार कहिले पश्चिमी र कहिले दक्षिणी वायुको प्रभाव बढी पर्ने गरेकाले कहिले हिउँदमा निकै चिसो र कहिले न्यानो हुने गर्छ । यसो हुनुमा जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम बढ्नु एउटा कारक तत्व रहेको डा. श्रेष्ठ सुनाउँछन् । उनका अनुसार हरेक १० वर्षमा नेपालको तापक्रम ०.५ डिग्री सेन्टिग्रेड बढ्दै गएको छ । चिसा र लामा रातको चक्र घट्दै गएको छ । गोरखापत्र दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७