बीबीसीकी १०० प्रेरणादायीमध्येकी पाकिस्तानकी अधिकारकर्मी करिमा मृत फेला


२०७७ पौष ८ बुधबार ०८:३९ बजे

काठमाडौं, ८ पुस । बलुचिस्तानका चर्चित राजनीतिक कार्यकर्ता एवं बलोच स्टुडेन्ट्स अर्गनाइजेसनकी पूर्व अध्यक्ष करिमा बलोच क्यानडामा मृत भेटिएका छन् ।

बीबीसीका अनुसार उनको शव क्यानडाको टोरोन्टोमा भेटिएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ । जसलाई सन् २०१६ मा बीबीसीले विश्वका प्रभावशाली सय महिलामध्ये एक घोषणा गरेको थियो । करिमा बलोचका आफन्तरपरिवारले उनको शव प्रहरीले अनुसन्धान गरिरहेको र त्यसपछि शव आफूहरूले जिम्मा लिने बताएका छन् ।

अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एमनेस्टी इन्टरनेसनलले पनि घटनाको दोषीलाई कारबाहीको माग गरेको छ । उसले ट्वीट गर्दै भनेको छ, ‘सामाजिक कार्यकर्ता करिमा बलोचको मृत्यु भएको खबरले दुःखी बनाएको छ । यसको तुरुन्त प्रभावकारी अनुसन्धान गरी दोषीलाई सजाय गर्न माग गर्छाैं ।’

प्रहरीका अनुसार करिमा अन्तिमपटक गत आइतबार दिउँसो करिब ३ बजे देखिइएकी थिइन् । त्यसपछि गायब भएकी थिइन् । त्यसपछि टोरन्टो प्रहरीले उनको तस्बिरसहित आफ्नो वेबसाइटमार्फत सूचना जारी गरेको थियो ।

सन् २०१६ मा बीबीसीबाट विश्वका प्रभावशाली १०० महिलाको सूचीमा समावेश उनी क्यानडामा शरणार्थी बनेर बसेकी थिइन् । उनको मृत्यु के कारणले भयो भन्नेबारे खुलेको छैन । क्यानडा जस्तो सुरक्षित देशमा भएको उनको मृत्युबारे गम्भीर अनुसन्धान हुनुपर्ने माग सामाजिक सञ्जालमा भइरहेको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७