२०७७ पुस ६ गते सोमबारको तपाईको राशिफल


२०७७ पौष ६ सोमबार ०१:०१ बजे

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने छ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको र ताकेको कार्य पुरा होला । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । शिक्षामा पनि सफलता पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त र मित्र वर्गको सहयोग पाइने नै छ । बन्द, व्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध आउन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाईने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू भेटिने छन् । छोटो दूरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्च समेत बढ्ने योग छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७