थप ३,११४ जनामा कोरोना संक्रमण, ३,१४२ जना निको
काठमाडौं, १८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना कोरोना संक्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४१ हजार १३४ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ४७६ छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना छन् ।