कोरोनाबाट बिपी प्रतिष्ठानका एक स्वास्थ्यकर्मीको मृत्यु


१२:३४ बजे

सुनसरी, १८ कार्तिक । कोरोना भाइरस संक्रमणबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको ज्यान गएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । सप्तरीको महादेवा–६ घर भएका उनको दिशा पातलो हुने, ज्वरो आउनेलगायतका स्वास्थ्य समस्या देखिएपछि सोमबार दिउँसो अस्पतामा भर्ना गरिएको थियो ।

दिउँसो एक्कासी स्वास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । कुनै रोग नभएका उनलाई मृत्यु पश्चात पिसिआर परीक्षण गर्दा कोरोनाको रिटोर्ट पोजेटिभ आएको थियो ।

यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको पनि कोरोनाकै कारण मृत्यु भएको थियो । योसँगै प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७