बाँकेमा कोरोनाबाट ३३ को मृत्यु, तीन हजार १६८ संक्रमित


१६:२१ बजे

बाँके, १७ कार्तिक । बाँकेमा कोरोना महामारी सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । पछिल्लोपटक कोराना भाइरस सङ्क्रमणबाट गएराति नेपालगञ्ज उपमहानगरपालिका–१६ निवासी ७० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत महिलाको गए राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना भएकी ती महिलामा कार्तिक १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएलगत्तै भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरी उपचारकै क्रममा मृत्यु भएको हो ।

बाँकेमा कोरोना सङ्क्रमितको संख्या तीन हजार १६८ रहेकामा दुई हजार ८८६ जना निको भएर घर फर्किसकेका छन् । बाँकेमा अहिले सक्रिय सङ्क्रमितको संख्या २५३ पुगेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७