‘बलि दिन’ किशोरी तस्करी


०९:०२ बजे

काठमाडौं, १७ असोज । घटना-१ -सप्तरीको दौलतपुर-३ की एक किशोरीलाई बुधबार सशस्त्र प्रहरीले सीमा नाकाबाट उद्धार गर्‍यो ।

किशोरीलाई भारतमा बलि चढाउनका लागि मानव तस्कर गिरोहले सुनसरीको कोसी-३ भन्टाबारी हुँदै सीमा कटाउन लाग्दा प्रहरीले बचाउन सफल भएको हो । उनलाई प्रलोभनमा पारी फकाएर भारत लैजाँदै गरेका एक युवतीसहित तीनजनालाई प्रहरी पक्राउ गरेको छ ।

घटना-२
बलि दिनकै लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा असोज ५ गते सुनसरीको रामधुनी-५ की १७ वर्षीया किशोरीलाई भारतीय सीमाबाट प्रहरीले उद्धार गर्‍यो । विराटनगर-१७ इस्लामपुरको बाटो हुँदै उनलाई एक गिरोहले बिक्री गर्न भारत लैजाँदै थियो ।

उनलाई लैजाने युवकमाथि शंका लागेपछि उनले गाडीबाट हामफालेर आफूलाई बचाएकी थिइन् । त्यसपछि उनी साना हातहरू नामक संस्थाको सहारामा प्रहरीसम्म पुगिन् । उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले कारबाही थालेको छ ।

घटना-३
काठमाडौंकी एक युवतीलाई मोडलिङका लागि भारत जानुपर्ने भन्दै एक समूहले २०७६ पुस महिनामा विराटनगर बोलायो। उनलाई जोगबनी नाका हुँदै बलि दिनकै लागि भारत लैजान खोज्ने ७ जना प्रहरीको फन्दामा परे ।

काठमाडौंको नयाँ बानेश्वरमा फेसन हाउस सञ्चालन गर्दै आएकी महिलाले मोडलिङका लागि ६ फिट हाइट भएकी युवती चाहिएको भन्दै उनीसँग कुरा गरेकी थिइन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७