राहुल र प्रियंका गान्धीसहित दुई सय जनाविरुद्ध मुद्दा दर्ता


२०:२७ बजे

गौतमबुद्ध नगर, १६ असोज । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जनाविरुद्ध मुद्दा लगाइएको छ ।

भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दावी गरेको छ ।

यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । सामुहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो ।

बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो । गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुको सवारी साधनलाई प्रहरीले रोकेपछि उनीहरु हिंडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो ।

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरेका थिए, ‘के यो मुलुकमा मोदीजी मात्रै हिंड्न पाउने व्यवस्था छ ?’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् । उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिंडेको भन्दै प्रहरीलाई आफूलाई हिंड्न दिन आग्रह गरेका थिए ।

‘म एक्लै हथ्रासतर्फ हिंडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?’, उनले भनेका थिए । एएनआई

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७