थप २७४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९,५४७ पुग्यो


२०७७ श्रावण १५ बिहीबार ०३:१० बजे

काठमाडौं, १५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३०४ जनाको परीक्षणमा २७४ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १९ हजार ५४७ जना पुगेको छ । नेपालमा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएको छ ।

https://www.facebook.com/nayapages/videos/697955134086624/

नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
आज (बिहीबार) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप २२७ जना कोरोना संक्रमित निको भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७