बालुवाटारमा सहयोगको बात : अग्नीले बल्ल कुरा बुझे एमसिसीको


२०७७ श्रावण १४ बुधबार २२:३४ बजे

काठमाडौं, १४ साउन । ‘मलाई तपाईंले सहयोग गर्नुपर्छ...!’ बालुवाटार बोलाएरै प्रधानमन्त्री केपी शर्मा ओलीले यसरी सहयोग मागेपछि अग्नीले सोचेछन्, सभामुखले प्रधानमन्त्रीलाई असहयोग गर्ने कुरै आएन । अनि, जवाफ दिए, ‘तपाईं प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि हो । मैले तपाईंलाई सहयोग नगरे कसलाई गर्ने ?’

यसपछि प्रधानमन्त्रीले भने, ‘उसो भए संसदमा टेबुल भइसकेको कुरा किन अघि बढेन त...?’
बल्ल अग्नीले कुरा बुझे एमसिसीको ।

‘पार्टीले कार्यदल बनाएको छ । त्यसको सुझाव पनि हेर्नुपर्‍यो । तपाईं या म, हामी कोही पनि पार्टीभन्दा माथि छैनौं । त्यसैले पार्टीबाट एउटा निचोड आओस्, म अगाडि बढाउँछु’, अग्नीले भने ।
यसपछि अग्नीका आफ्ना गुनासा शुरु भए, ‘सोधेर संसद स्थगन गरिएन । तपाईंलाई सहयोग त गर्ने, तर केमा गर्ने ?’
प्रधानमन्त्रीले फेरि कुरा दोहोर्‍याए, ‘एमसिसीमा ।’

अर्कातिर, रक्षामन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीहरूले सभामुखले बिजनेश दिनै नसकेर संसद स्थगित भएको टिप्पणी गरेकोबारे अग्नीको गुनासो छ । ‘संसदलाइ बिजनेश दिने सभामुखले हो कि सरकारले ?’, उनको प्रश्न थियो । जनआस्था साप्ताहिकबाट

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७