काठमाडौं उपत्यकामा थप नौं जनामा कोरोना संक्रमण


२०७७ असार २९ सोमबार १७:१७ बजे

काठमाडौंं, २९ असार । पछिल्लो २४ घण्टामा नेपालमा १४४ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका नाैं जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा एक, ललितपुरमा पाँच र काठमाडौंमा तीन गरी उपत्याकामा सात जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

आज (सोमबार) थपिएका १४४ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप एक हजार ७०५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या १० हजार २९४ पुगेको छ । हालसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७