आजैदेखि संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय


१४:०५ बजे

काठमाडौं, १८ असार । मन्त्रिपरिषदको आज (बिहीबार) बसको बैठकले बेलुका ५ बजेदेखि (असार १८ गते बिहीबार) लागू हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको पर्यटन मन्त्री योगेश भट्टराईले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

सत्तारुढ नेकपाभित्र आन्तरिक सत्ता संघर्षले उग्ररुप लिएका बेला सरकारले जारी रहेको संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । यो निर्णय गर्नुअघि प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७