बाँदरमुढे घटनामा मारिनेसहित ५४ जना शहीद घोषित


२०७४ माघ १२ शुक्रबार ०४:१९ बजे
काठमाडौं, १२ माघ : सरकारले बाँदरमुढे घटनामा मारिएका सबै जनालाई सरकारले शहीद घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बिहीबारको मन्त्रिपरिषद्को बैठकले उक्त घटनामा मारिएका ३८ जनालाई नै शहीद घोषणा गरेको हो । त्यसैगरी सरकारले माओवादीबाट विभिन्न समयमा मारिएका १६ जनालाई पनि शहीद घोषणा गरेको छ । कास्कीका कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, लेखबहादुर गुरुङ, सुलोत्मसिंह गुरुङ, चन्द्रबहादुर रानाभाट, पशुपति रानाभाट, पूर्णबहादुर भुजेल र हरिप्रसाद गुरुङ शहीद घोषित भएका छन् । त्यसैगरी सिन्धुपाल्चोक कुभिन्डेका कृष्णप्रसाद सापकोटा, भीमटारका वीरबहादुर दनुवार, नेत्रबहादुर दंगाल, देवीजंग पाण्डे, हिक्मतबहादुर भण्डारी, मित्रबहादुर दनुवार र छत्रबहादुर गिरी पनि शहीद घोषित भए । सुनसरीका ब्रह्मदेव उराव, छत्र खतवे र खोटाङका कालुमान गुरुङ पनि शहीदको सूचीमा परेका छन् । बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले भने–‘२०७२ जेठ २३ बाँदरमुढे घटनामा मृत्यु भएका सबै ३८ जनालाई शहीद घोषणा गरिएको छ ।’ माडीको बाँदरमुढेमा तात्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी ३८ जनाको ज्यान गएको थियो । माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान ८ बजे बाँदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो भजे ७२ जना घाइते भएका थिए । यो घटनाले माओवादीलाई निकै आलोचित बनाएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७