फेरि अर्को चक्रवात : नेपालमा पर्नेछ यस्तो प्रभाव, आज पनि वर्षाको सम्भावना


०४:०३ बजे

काठमाडौं, २० जेठ । केही समयअघि बंगाल खाडीसम्म आएको सामुन्द्रिक आँधी अम्पुन प्रभाव सकिने बित्तिकै अरब सागरमा फेरि अर्को सामुन्द्रिक आँधी विकास भइरहेको मौसमविद्ले बताएका छन् ।

यसरी सामुन्द्रिक आँधी विकास भइरहेकाले नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएकाले यस वर्षको मनसुन समयमै शुरु हुने उनीहरुले बताएका छन् ।

हाल दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा सो प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने जनाइएको छ ।

यसको प्रभावले नेपालमा आगामी २२ देखि २४ जेठसम्म वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दक्षिण पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तर सर्दै गरेको र त्यो चक्रवातमा परिणत हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसको असर नेपालमा पनि पर्ने बताएको छ ।

महाशाखाका अनुसार त्यो चक्रवात उत्तर–उत्तर पूर्व सर्ने क्रममा नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात् जेठ २२ देखि २४ गतेसम्म वर्षा हुन सक्ने सम्भावना छ । हिजै सोमबार बिहान विशेष बुलेटिन जारी गर्दै महाशाखाले भनेको छ–‘साथै पश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने सम्भावना छ ।’

कस्तो रहला आजको मौसम ?
आज (मंगलबार) अपरान्ह्बाट देशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताएकी छिन ।

अहिले बिहान काठमाडौं उपत्यकालगायत अधिकांश स्थानमा घाम लागेको छ तर अपरान्ह्पछि पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाइएको छ । काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना रहे पनि त्यो अत्यन्त कम रहेको उनको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७