अब विमानस्थलहरुको सरसफाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनेछ : मन्त्री भट्टराई


२०७६ चैत ७ शुक्रबार २३:१६ बजे

काठमाडौं, ७ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तीव्र सुधार गरिने बताएका छन् । सफाई मजदुरहरुलाई आवश्यक तालिम र आधुनिक सामग्रीहरुको प्रबन्ध गरेर सरसफाईमा परिवर्तन ल्याइने उनको भनाई छ ।

शुक्रबार मन्त्रालयमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विमानस्थलहरुको सफाई लागि सरकारले काम गर्ने बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ता एंव सफाईविज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सरसफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’ बुझाएका थिए । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखर, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (अन्तर्राष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।

‘अडिट’ मा हाल विमानस्थलहरुका सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगामी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तराष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने, सरसफाई मजदुरलाई तालिमको व्यबस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्नेलगायतका सुझाव दिएका छन् ।

मन्त्री भट्टराईर्ल यी सुझावहरु महत्वपूर्ण भएको भन्दै ती सुझावका आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिए । उनले ती सबै सुझावहरु सम्बन्धित विमानस्थलहरुमा पठाइ दिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिएका हुन् । ती सुझावहरु तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्नका लागि निर्देशन दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७