बिहानै ६.२ रेक्टरको भूकम्प, तिब्बत केन्द्रविन्दु
काठमाडौं, ७ चैत । नेपाललाई आज (शुक्रबार) विहानै झस्काउने गरी आएको भूकम्पको केन्द्र तिब्बत रहेको छ ।
चीनको लप्चे भन्ने ठाउँलाई केन्द्र बनाएर आज बिहान ७ः१८ बजे ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, काठमाडौँले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी पहाडको ताप्जेजुङ, सोलुखुम्बु लगायतका हिमाली र पहाडी जिल्लामा पनि महसुस गरिएको छ । भूकम्पले क्षति भए नभएको विवरण आइसकेको छैन ।