मध्यराति गोली हानाहानले रौतहटमा त्रास, फरार कुर्मी घाइते अवस्थामा पक्राउ


२०७६ फाल्गुण ७ बुधबार १२:०४ बजे

रौतहट, ७ फागुन । रौतहटमा मंगलबार राति मध्यरातमा गोली हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् ।

व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गए राति ११ बजे चन्द्रपुर नगरपालिका–४ स्थित जगलसहियाबाट कुर्मीलाई नियन्त्रणमा लिएको हो । मध्यराति एक्कासी गोली चलेको आवाज आएपछि स्थानीयमा त्रास छाएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा दुई राउण्ड गोली लागेको छ । घाइते कुर्मीलाई उपचारका लागि चन्द्रपुर प्रालि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । एम्बुस थापेर बसिरहेका कुर्मीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउण्ड गोली चलाइएको प्रहरीले जानकारी दिएको छ ।

कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग कुर्मीमाथि छ । उनी अभियोग लागेदेखि नै फरार रहेको प्रहरीको भनाइ छ । कुर्मीको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७