मेस्सी बने ‘लरेस’ अवार्ड जित्ने विश्वकै पहिलो फुटबलर


२०७६ फाल्गुण ६ मंगलबार ०८:५३ बजे

काठमाडौं, ६ फागुन । फुटबलका जादूगर लियोनल मेस्सी ‘लरेस स्पोर्ट्स म्यान अफ दि इयर’ अवार्ड जित्ने पहिलो फुटबलर बनेका छन् ।

एफ–१ रेसर लिविस हेमिलटनसँगै फुटबलर मेस्सीले यस वर्षको लरेस अवार्ड हात पार्ने पहिलो फुटवलर बन्ने सौभाग्य पाएका हुन् । मेस्सी र लिविस हेमिलटनलाई अवार्डका लागि बराबर मत प्राप्त भएको लरेस एकेडेमीले जनाएको छ ।

उनीहरुले टाइगर उड, राफेल नाडाल, मार्क मार्किज र इलिउड किपचोगेलाई यस अवार्डमा उछिनेका हुन् । टेनिसका रोजर फेडेररले यस अवार्ड कीर्तिमानी इतिहास रच्दै ६ पटक जितेका छन् ।

सन् १९९९ यता वार्षिक रुपमा यस अवार्ड वितरण गर्न थालिएको हो । खेलमार्फत् समाजलाई महत्वपूर्ण योगदान दिने खेलाडीलाई यस अवार्ड प्रदान गरिन्छ । खेलको माध्यमबाट हिंसा रोक्न सकिन्छ, विभेद र समाजका विकृती रोक्न सकिन्छ भन्ने अवधारणाका साथ यस अवार्ड वितरण गर्न थालिएको हो । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७