आज यो वर्षकै चिसो, काठमाडौंकाे तापक्रम शून्य दशमलव ५ मा झर्‍यो


१७:२७ बजे

काठमाडौं: न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ ।  काठमाडौँमा आज यो वर्षकै चिसो छ। आइतबार बिहानको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसअघि शुक्रबार एक दशमलव ५ डिग्री र शनिबार एक दशमलव ६ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम आइतबार शुन्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो।पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट आएको हावाले चिसो बढेको मौसमविद्ले बताएका छन्।

गत वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डले देखाएको छ।सबै भन्दा चिसो रहेको जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २, जोमसोमको माइनस ४ दशमलव ७ र जीरीको माइनस् ३ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७