दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश, प्रसाई फरार
काठमाडौँ, २ माघ : बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न जिल्ला अदालत भक्तपुरले अनुमति दिएको छ ।
प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका थिए । आरोप लगाएपछि गिरीले मानहानिको मुद्दा हालेका थिए । प्रसाईलाई सोही मुद्दामा पक्राउ गर्न आदतलाले प्रहरीलाई अनुमति दिएको हो ।
लगतै प्रहरी भक्तपुर स्थित उनको निवासमा पुगेका थिए । तर उनी प्रसाई भने फरार रहेका छन् ।