पैसा नभएपछि रेलबाटै विश्वकप खेल्ने क्रिकेट टोली पाकिस्तान प्रस्थान
काठमाडौं: विश्वकप खेल्न जाने खेलाडीले हवाइजहाजको टिकट किन्ने पैसा सरकारले नदिएपछि रेलबाटै पाकिस्थान प्रस्थान गरेको छ ।
पुस २४ गते बाट विश्वकप प्रतियोगिता शरू हुदैँछ । कुनै कारणले बाटो जाम भएमा खेलाडीले विश्वकप नै गुमाउने छन् । नेत्रहीन विश्वकप क्रिकेट खेल्न पाकिस्तान जाने टोलीले हवाइजहाजको टिकट किन्ने पैसा नपाए पछि बिकल्पमा रेलमार्फत पाकिस्तान जाने भएकाे हो।
जर्सी, अभ्यासको लागि खेल मैदान र खेलाडीलाई खान बस्नको बन्दोबस्त मिलाएको नेत्रहीन क्रिकेट संघ नेपालले धेरै पहल गर्दा पनि जहाजको टिकट भने बन्दोवस्त गर्न नसकेको नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले गुनासो गरे । जाहजबाट पाकिस्तान पुग्दा प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ लाग्ने भएकोले टिकट किन्नै मात्र ३० लाख रुपैयाँ जति पर्ने भयो, तर हामीसँग पैसा नभएकाले सडकमार्गबाट पाकिस्तान जाने भएका नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले बताए। नेपाली टोलीको पहिलो खेल यही पुस २४ गते बंगलादेशसँग छ । तर टोली मंगलबार मात्रै नेपालबाट हिँडेको छ । यसरी एकैदिनमा पाकिस्तान पुग्न सक्ने नेपाली टोली ४ दिनको सडकमार्ग हुँदै विश्वकप क्रिकेट खेल्न पाकिस्तान प्रस्थान गरेको छ । ४ दिनमा पाकिस्थान नेपाली क्रिकेट टोली पुगेन भने विश्वकप नै गुम्ने छ ।
नेपालले पुस २४ गते बंगलादेशसंग २५ गते भारतसँग, २६ गते पाकिस्तानसँग, २९ गते अष्ट्रेलियासँग र माघ १ गते श्रीलंकासँग खेल्नेछ । अघिल्ला संस्करणमा यस प्रतियोगितामा १० देशले सहभागिता जनाए पनि यो वर्ष भने ६ वटा देशमात्रै खेल्ने भएका छन् । गत वर्ष भएको दोस्रो ट्वेन्टी ट्वेन्टी नेत्रहीन विश्वकपमा नेपालले दक्षिण अफ्रिका र न्यूजिल्याण्डलाई हराएको थियो ।