आईसीसीकाे कारबाहीमा विराट कोहली


२०७६ असार ८ आइतबार २०:२३ बजे

काठमाडौं,८ असार। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले भारतीय टोलीका कप्तान विराट कोहलीलाई कारबाही गरेको छ ।

विश्वकप क्रिकेटमा अफगानिस्तान बिरुद्धको खेलको दौरानमा कप्तान विराटले एम्पायरलाई अभद्र ब्यवहार गरेको भन्दै आईसीसीले कारबाही स्वरुप म्याच फिको २५ प्रतिशत जरिवाना गरेको हो ।


२९ औं ओभरमा जबरजस्ती एलबीडब्लुको अपिल गरेको र एम्पायरलाई औला ठड्याएको भन्दै उनी माथि आईसीसीले जरिवाना गरेको हो ।

अनुशासन भंग गरेसँगै कोहलीले एक नम्बर डिमेरिट अंकसमेत पाएका छन् । भारतीय कप्तान विराट कोहलीले आफूले गल्ती गरेको स्वीकार गरिसकेको आईसीसीले उल्लेख गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७