परणिती भन्छिन्, ‘अर्जुनको किस गर्ने तरिका फरक छ’


२०७६ असार ५ बिहीबार ०४:०७ बजे

काठमाडौं, ५ असार । पछिल्लो समय नायिका परणिती चोपडा आगामी चलचित्र ‘साइना नेहवाल’ लाई लिएर निकै चर्चामा छिन् । यो चलचित्रमा परणितीले ब्याड्मिन्टन खेलाडी साइना नेहवालको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म शुरु भएको छैन ।

हालै एक अन्तरवार्तामा परिणितीलाई उनले काम गरिसकेका २ नायकको बिषयमा सोधिएको थियो । नायक अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामध्ये कसले राम्रो किस गर्छन् ? भनेर प्रश्नकर्ताले परिणितीलाई प्रश्न गरे ।

परणितीले भनेकी छिन्, ‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको र फरक किसिमको छ । उसले गर्ने किस सानदार हुन्छ ।’ अर्जुन र परणितीले चलचित्र ‘इशकजादे’ र ‘नमस्ते लण्डन’ मा एक साथ काम गरेका थिए । उक्त दुबै चलचित्रमा अर्जुन र परणितीको किस सिन छ । यस्तै परणितीले सोही अन्तरवार्तामा आफू प्रेममा भएको पनि खुलाएकी छिन् । उनले भनेकी छिन् ‘म अहिले एक नायकसँग डेट गरिरहेको छु । तर बिडम्बना, मैले उनको नाम यहाँ भन्न सक्दिनँ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७