कट्रिना कैफले किन रणवीरलाई बिश्वास गर्दिनन् ?

काठमाडौं, १६ जेठ । नायिका कट्रिना कैफ चलचित्र ‘भारत’ को प्रमोशनमा व्यस्त छिन् । यो चलचित्र जुन ५ बाट विश्वभर रिलिज हुँदैछ । चलचित्रको प्रमोशनका क्रममा नायिका नेहा धुपियाले सञ्चालन गरिरहेको एउटा च्याट शोमा पुगेकी उनले केही रमाइला जवाफ समेत दिएकी छिन् ।
नायिका कैफले नायक बरुण धवनलाई कुनै लोकप्रिय अवार्ड वा रियालिटी शो होस्ट नगर्न सुझाव दिएकी छिन् । उनले, बरुण धवनले कुनै पनि च्याट शोलाई राम्रोसँग अगाडि बढाउन नसक्ने जवाफ दिएकी छिन् ।
उनले कुन कलाकारमाथि विश्वास छैन भन्ने प्रश्नमा नायक रणवीर कपुरको नाम लिएकी छिन् । कट्रिनाले रणवीरसँग कुनै पनि गोप्य कुरालाई बचाएर राख्ने क्षमता नभएको जवाफ दिएकी छिन् । यसैले उनीमाथि आफूले विश्वास गर्न नसक्ने कट्रिनाको जवाफ छ ।