ल्होत्से हिमालको चुचुरोमा पाँच नेपाली, को-को पुगे चुचुरोमा ?

काठमाडौं, ३१ वैसाख । यो सिजनको पहिलो नेपाली टोली विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पुगेका छ ।
नेपाली टोली मंगलबार बिहान ९ बजेर ४७ मिनेट जाँदा ल्होत्सेको चुचुरोमा पुगेको हो । उनीहरु बाटो बनाउँदै चुचुरोमा पुगेको सगरमाथा आधार शिविरका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । ल्होत्से हिमाल सगरमाथा, पाकिस्तानको केटू र कञ्चनजंघापछिको विश्वकै चौथो अग्लो हिमाल हो ।
चुचुरोमा पुग्नेमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा छन् । सगरमाथासँग जोडिएको ल्होत्से ८ हजार ५१६ मिटर अग्लो छ ।