प्रदेश–१ ले प्रदेश–२ लाई गर्‍यो एक करोडको सहयोग


२०७६ बैशाख ३० सोमबार १२:४३ बजे

जनकपुरधाम, ३० बैशाख । गत चैत महिनामा बारा र पर्सामा आएको विनाशकारी आँधी पीडितका लागि प्रदेश १ सरकारले एक करोड सहयोग उपलब्ध गराएको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफैं सोमबार प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम आएर उक्त सहयोग हस्तान्तरण गरेका हुन् । उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई एक करोडको चेक हस्तान्तरण गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा राईले चेक हस्तान्तरण गर्दै आँधीले निम्त्याएको विपदमा आफ्नो प्रदेशले सानो सहयोग गरेर प्रदेश २ को विपतमा सबै एकजुट रहेको सन्देश दिएको बताए । चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री राउतले प्रदेश १ प्रति आभार प्रकट गरे । उनले मुलुक संघीयतामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ भएको उल्लेख गरे ।

बारा पर्सामा चैत्र १८ गते आएको आँधीले २९ जनाको मृत्यु हुनुका साथै करोडौंको धनमालको क्षति भएको थियो । आँधी पीडितका लागि प्रदेश ३ सरकारले पनि एक करोड सहयोग उपलब्ध गराइसकेको छ भने अन्य प्रदेश सरकारले पनि सहयोग गर्ने निर्णय गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७